काठमाडौं । प्रधानन्यायाधीश सिफारिसबारे छलफल गर्न बुधबार बेलुकी संवैधानिक परिषदको बैठक बस्ने भएको छ ।
संवैधानिक परिषद्को सचिवालयले अपराह्न ५ बजेको बैठकका लागि आह्वन गरको हो ।
आगामी १९ असोजदेखि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेरहदले अवकाश हुँदैछन् ।प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नयाँ प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप न्यायपरिषद् सचिवालयले सर्वोच्च अदालतमा तीन वर्ष काम गरिसकेका आठ जना न्यायाधीशहरुको सूची संवैधानिक परिषद्को सचिवालयमा पठाएको थियो ।
न्यायाधीश प्रकाशमान सिंह राउत सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश छन् । अहिलेसम्म संवैधानिक परिषद्ले सर्वोच्च अदालतव बरिष्ठतम् न्यायाधीशलाई नै प्रधानन्यायाधीशमा सिफारिस गरिरहेको छ ।
्
नाम सिफारिस र संसदिय सुनुवाईबाट अनुमोदन भए उनी करिब १८ महिना प्रधानन्यायाधीश हुनेछन् ।