शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • तनहुँको आँबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते


    हुलाक प्रेस

    • बुधबार, भदौ २६ २०८१०५:०३
    तनहुँको आँबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते

    काठमाडौं । तनहुँमा बस दुर्घटना भएको छ । आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको हो ।

    तनहुँका डीएसपी दीपककुमार रायका अनुसार नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस तल खहरेमा खोल्सामा खसेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस दुर्घटना भएको हो ।

    १५ जना सवार उक्त गाडीमा अहिलेसम्म ११ जना घाइते भएको विवरण प्राप्त भएको उनले बताए । घाइते मध्ये ९ जना सामान्य छन् भने २ को अवस्था मध्यम रहेको छ ।

    उद्धारको क्रम जारी नै रहेको विस्तृत विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस