बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • राहत शिक्षकमाथि प्रहरीको दमन, एक जनाको खुट्टा भाँचियो


    हुलाक प्रेस

    • बुधबार, असोज १० २०८००८:१७
    राहत शिक्षकमाथि प्रहरीको दमन, एक जनाको खुट्टा भाँचियो

    काठमाडौं । एक सातादेखि संघीय राजधानी काठमाडौंमा आन्दोलनरत राहत शिक्षकहरुमाथि बुधबार प्रहरीले हस्तक्षेप गरेको छ।

    लगातारको प्रदर्शनका कारण राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि प्रहरीले हस्तक्षेप गर्दा भएको झडपमा दर्जनौँ शिक्षकहरु घाइते भएका छन्। घाइतेमध्ये धेरैको अवस्था सामान्य भए पनि एकजना शिक्षिकाको खुट्टो भाँचिएको छ।

    राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ सहअध्यक्ष नवीनसिंह धामीका अनुसार बुधबार भएको आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गर्दा पर्साकी शिक्षिका सञ्जिताकुमारी खत्रीको खुट्टो भाँचिएको हो। 


    प्रतिक्रिया दिनुहोस