बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • चारवटा संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची ?


    हुलाक प्रेस

    • बिहीबार , भदौ २७ २०८१०७:४९
    चारवटा संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची ?

    काठमाडौं । संघीय संसदअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दै छ । 

    दिउँसो १ बजे बस्ने बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची छ । 

    राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि आज बस्दै छ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ । 

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाका विषयमा छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्नेछ । 

    संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक पनि आज बस्नेछ । बिहान ११ बजे बस्ने बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची छ । 


    प्रतिक्रिया दिनुहोस