बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • चीन र अमेरिकाबीच सैन्य सञ्चार पुनःसुरु गर्ने सहमति


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक ३० २०८००१:३७
    चीन र अमेरिकाबीच सैन्य सञ्चार पुनःसुरु गर्ने सहमति

    काठमाडौं । चीन र संयुक्त राज्य अमेरिकाबीच सैन्य सञ्चार पुन: सुरु (पुनर्स्थापित) गर्ने सहमति भएको छ। चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भेटमा यस्तो सहमति भएको हो। 

    सन् २०२२ मा तत्कालीन अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले अमेरिकासँगको सैन्य सञ्चार बन्द गरेको थियो। चीन र अमेरिकाको आपसी सम्बन्ध विभिन्न मामिलाहरुमा अल्झिँदै आइरहेको थियो। 

    दुई प्रमुख शक्तिबीच स्पष्ट संवाद नहुँदा सैन्य द्वन्द्वको सम्भावना हुने चिन्तासहित अमेरिकाले यसलाई पुन:स्थापना गर्न खोजिरहेको थियो। २ नेताबीच करिब १ वर्षपछि पहिलोपटक बुधबार सान फ्रान्सिस्को नजिक रहेको फिलोली एस्टेटमा आमनेसामने भेटवार्ता भएको हो।

    करिब ४ घण्टाको वार्तामा द्विपक्षीय सम्बन्ध स्थिर बनाउने र सैन्य सञ्चार पुनर्स्थापित गर्ने लगायतका विषयमा सहमति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। 

    चीनले आफ्नो आकाशमा जासुसी बेलुन पठाएको आरोप अमेरिकाले लगाएपछि २ देशबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको थियो।


    प्रतिक्रिया दिनुहोस