शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • विमानस्थलमा खादा, मालाले सुरक्षा जाँच उपकरण विग्रिएको भन्दै नल्याउन आग्रह


    हुलाक प्रेस

    • बिहीबार , भदौ २७ २०८१११:३७
    विमानस्थलमा खादा, मालाले सुरक्षा जाँच उपकरण विग्रिएको भन्दै नल्याउन आग्रह

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलका सुरक्षा जाँच उपकरण खादा, मालाले बिग्रिएको भन्दै बाहिर देखिने गरी खादा तथा माला नल्याउन आग्रह गरेको छ ।

    कार्यालयले बिहीबार एक सूचना जारी गरेर यात्रुले लगाएर वा ब्यागमा भुन्ड्याएर खादा, माला नल्याउन आग्रह गरेको हो ।

    यात्रुले लगाएको खादा, माला आदिले सुरक्षा जाँचका क्रममा विमानस्थलको जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पु¥याइरहेको कार्यालयले जनाएको छ ।

    ‘हवाई यात्रुले लगाएर आउने खादामाला वा झोलामा बाँधेर ल्याउने खादाले सुरक्षा जाँचका क्रममा विमानस्थलका सुरक्षा उपकरणहरूमा गम्भीर क्षति पुर्‍याइरहेको छ,’ कार्यालयले बिहीबार निकालेको अपिलमा भनिएको छ, ‘यसले विमानस्थलको सौन्दर्यतामा पनि नकारात्मक असर पुगेको छ ।’

    गत भदौ १४ गते विमानस्थलमा सुरक्षा जाँचमा खटिएका प्रहरीले एक यात्रुलाई खादा खोल्न लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । प्रहरीको त्यस्तो व्यवहारको चर्को आलोचना समेत भएको थियो । 


    प्रतिक्रिया दिनुहोस