शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • ललितपुरमा सीआईबीको छापा, एकैपटक ५० जना नियन्त्रणमा


    हुलाक प्रेस

    • बिहीबार , भदौ २७ २०८१०३:३६
    ललितपुरमा सीआईबीको छापा, एकैपटक ५० जना नियन्त्रणमा

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छापा मारेर ५० जनालाई नियन्त्रणमा लिएको छ ।

    अवैधरूपमा कल सेन्टर चलाएर ठगी गरेको आरोपमा ललितपुरको एकान्तकुनाबाट ५० जनालाई नियन्त्रणमा लिइएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

    उनीहरूले एउटा घर भाडामा लिएर अवैधरूपमा कल सेन्टर सञ्चालन गरेको आरोप छ । सीआईबीले नियन्त्रणमा आएकामाथि थप अनुसन्धान थालेको छ ।

    नियन्त्रणमा परेकामध्ये दुईजना चिनियाँ नागरिक छन् । एकजना फिलिपिन्सका नागरिक छन् । अन्य सबै नेपाली हुन् ।


    प्रतिक्रिया दिनुहोस