बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउन पहल गर्छु: प्रस्तावित राजदूत रग्मी


    हुलाक प्रेस

    • बिहीबार , भदौ २७ २०८१०४:१८
    अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउन पहल गर्छु: प्रस्तावित राजदूत रग्मी

    काठमाडौं । अमेरिका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन पहल गर्ने बताएका छन् ।

    संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकले रेग्मीले अमेरिकी राष्ट्रपतिको भ्रमण र संसदलाई सम्बोधन भयो भने नेपालको छवि विश्वसनीयता बन्ने र समृद्धिको ढोका खुल्ने बताए ।

    अमेरिकाका राष्ट्रपति रोनाल्ड रेगन र जोन अफ क्यानेडीले नेपालको सगरमाथाबारे चासो देखाएको भन्दै उनले भने, ‘हामीले सागरमाथा डाइलग भनेर पनि अगाडि बढाउन खोजेका छौं । यो विषयलाई लिएर अमेरिकी राष्ट्रपतिको भ्रमण गराउन सकिन्छ कि ?’

    राजदूत भएर गए यसमा आफूले पहल गर्ने उनले बताए । नेपालको संसद र अमेरिकी कंग्रेसको बीचमा पनि सम्बध बढाउन आवश्यक रहेको भन्दै उनले त्यसका लागि काम गर्ने बताए ।


    प्रतिक्रिया दिनुहोस