बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम यचुरीको निधन


    हुलाक प्रेस

    • बिहीबार , भदौ २७ २०८१०५:०६
    भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम यचुरीको निधन

    काठमाडौं । भारतीय कम्युनिष्ट नेता सीताराम यचुरीको निधन भएको छ । भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का महासचिवसमेत रहेका यचुरीको बिहीबार ७२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    राज्यसभाका पूर्व सांसद यचुरी लामो समयदेखि अस्वस्थ थिए । उनलाई अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचारका लागि भर्ना गरिएको थियो ।

    उनलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो । उनी विगत केहीदिनदेखि एम्सको आईसीयूमा उपचाररत थिए ।

    उनी सन् २०१५ देखि सीपीआईको महासचिव थिए । समाचार एजेन्सी पीटीआईका अनुसार ज्वरो आएपछि अगस्ट १९ मा येचुरीलाई एम्समा भर्ना गरिएको थियो । त्यसपछि उनलाई आईसीयूमा सारिएको हो ।

    येचुरीको हालै मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । सन् १९७४ देखि विद्यार्थी राजनीतिमार्फत उदाएका येचुरी सन् १९९२ देखि लगातार भारतीय कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्य थिए । उनी २०१५ मा प्रकाश कारतपछाडि भाकपाका महासचिव बनेका थिए । 


    प्रतिक्रिया दिनुहोस