काठमाडौं । गएको २०८० साउन २ गते प्रहरीले बरामद गरेको ६० किलो ७१६ ग्राम अवैध सुन तस्करी प्रकरणमा एकजना विदेशी नागरिक पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको ठमेलस्थित वाल्डो होटलमा सञ्चालित वाल्डो क्यासिनोका म्यानेजिङ डाइरेक्टर हङकङ नागरिक ५५ वर्षीय मिन्टसिङ टेरेन्स सेलाई पक्राउ गरेको हो ।
भदौ २५ गते पक्राउ परेको उनीमाथि भन्सार चोरी पैठारी तथा संगठित अपराध, नेपाल राष्ट्र बैंक ऐन मुद्दामा अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधमा मुद्दा छ ।