शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • धरहरा असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने सरकारको निर्णय


    हुलाक प्रेस

    • बिहीबार , भदौ २७ २०८११०:१०
    धरहरा असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने सरकारको निर्णय

    काठमाडौं । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अस्थायी रुपमा सञ्चालन हुने भएको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संविधान दिवशको अवसर पारेर ३ असोजदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

    उनका अनुसार धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ । २०७२ को भूकम्पले भत्किनुअघि संघीय सरकारले काठमाडौं महानगरपालिकालाई धराहरा सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । महानगरपालिकाले एक निजी कम्पनीलाई ठेक्कामा दिएको थियो ।


    प्रतिक्रिया दिनुहोस