शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु


    हुलाक प्रेस

    • शुक्रबार, भदौ २८ २०८१११:००
    बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु

    ढोरपाटन (बागलुङ) । गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । 

    दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो । बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, गलकोटतर्फ जाँदै गइरहेको जीप दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन ।

    दुर्घटनामा एक पुरुष घाइते भएका छन् । प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ । घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ । रासस


    प्रतिक्रिया दिनुहोस