शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • यी सात जिल्लामा आज बाढीको उच्च जोखिम


    हुलाक प्रेस

    • शुक्रबार, भदौ २८ २०८१११:०३
    यी सात जिल्लामा आज बाढीको उच्च जोखिम

    काठमाडौं । देशका केही सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढेको छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    आज र भोलि कर्णाली, पश्चिम सेती, महाकाली र बबई र यसका सहायक नदीहरूको जलसतह उल्लेख्य बढ्नेछ । भोलि ती नदीहरूको जलसतह सतर्कतादेखि खतरा तह आसपास हुने महाशाखाको पूर्वानुमान छ ।

    यस दिन बर्दिया, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी र दार्चुलामा बाढीको उच्च जोखिमको पूर्वानुमान गरिएको छ ।

    दाङ, बाँके, सल्यान, सुर्खेत, जाजरकोट, कालीकोट, दैलेख, अछाम, बाजुरा, बझाङ भई बहने केही साना नदीमा पनि पानीको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको पूर्वानुमान गरिएको छ ।

    दोलखा, सिन्धुपाल्चोक, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पश्चिम, जुम्ला, हुम्ला भई बहने केही साना नदीमा बहाव बढ्ने महाशाखाको पूर्वानुमान छ ।


    प्रतिक्रिया दिनुहोस