शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • बागलुङमा गाडी दुर्घटना हुँदा पुथा गाउँपालिका उपाध्यक्षको मृत्यु


    हुलाक प्रेस

    • शुक्रबार, भदौ २८ २०८१११:३४
    बागलुङमा गाडी दुर्घटना हुँदा पुथा गाउँपालिका उपाध्यक्षको मृत्यु

    काठमाडौं । बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ ।

    रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो । उक्त गाडीमा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा र केही कर्मचारीहरु सवार थिए ।

    बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले दुर्घटनामा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको बताए । ‘गाउँपालिका उपाध्यक्षको मृत्यु भएको पुष्टि भएको छ । अरुको भने सनाखत हुन बाँकी छ,’ उनले भने ।


    प्रतिक्रिया दिनुहोस