शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • डोटीमा पहिरोमा पुरिएर श्रीमान-श्रीमती घाइते


    हुलाक प्रेस

    • शुक्रबार, भदौ २८ २०८१११:४१
    डोटीमा पहिरोमा पुरिएर श्रीमान-श्रीमती घाइते

    काठमाडौं । डोटीमा पहिरोले पुरिएर श्रीमान–श्रीमती घाइते भएका छन् । 

    अविरल वर्षापछि गएराति घरमाथि खसेको पहिरोमा पुरिएर बड्डीकेदार गाउँपालिका–४ टिमुटेका ४५ वर्षीय तुलाराम जेठारा र उनकी ४० वर्षीय भागरथी जेठारा घाइते भएको प्रहरीले जनाएको छ ।

    डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईले घरमा सुतिरहेका बेला खसेको पहिरोले दुवै जना घाइते भएको जानकारी दिए । उनीहरु मध्ये भागरथीको अवस्था गम्भीर रहेको छ ।


    प्रतिक्रिया दिनुहोस