काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भारतीय सर्वोच्च अदालतले जमानत दिएको छ ।
मदिरा नीति सम्बन्धी मुद्दामा सीबीआईको एफआईआरमा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । केजरीवाललाई १० लाख धरौटीमा जमानत दिइएको हो । केजरीवालले ईडी मुद्दामा जुलाई १२ मै सर्वोच्च अदालतबाट जमानत पाइसकेका छन् ।
यस्तो अवस्थामा उनको जेलबाट बाहिरिने बाटो खुलेको छ । उनी आजै जेलबाट छुट्न सक्ने बताइएको छ ।