शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • पदक विजेता पलेसालाई पुरस्कार प्रदान


    हुलाक प्रेस

    • शुक्रबार, भदौ २८ २०८१०२:३६
    पदक विजेता पलेसालाई पुरस्कार प्रदान

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक २०२४ मा कांस्यपदक विजेता पलेसा गोवर्द्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई शुक्रबार पुरस्कृत गरेका छन् । पलेसालाई ६५ लाख रुपैयाँ नगद राशिसहित पुरस्कृत गरिएको हो ।

    यस्तै, उक्त खेलका प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई दुई लाख ९२ हजार रुपैयाँसहित सम्मान गरियो ।

    कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि छिटोछिटो पुरस्कार दिने र राशिमा कर नकटाउने नीति लिइएको बताए । उनले आउँदा विश्वस्तरका खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गरे ।


    प्रतिक्रिया दिनुहोस