शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • बालिका बलात्कार मुद्दामा थुनामा रहेका प्रहरी निरीक्षक शिवाकोटीलाई धराैटीमा छाड्न आदेश


    हुलाक प्रेस

    • शुक्रबार, भदौ २८ २०८१०२:५०
    बालिका बलात्कार मुद्दामा थुनामा रहेका प्रहरी निरीक्षक शिवाकोटीलाई धराैटीमा छाड्न आदेश

    काठमाडौं । बालिका बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रहरी निरीक्षक (इन्सपेक्टर) विदुर शिवाकोटी धरौटीमा छुटेका छन् ।

    उच्च अदालत पाटनका न्यायाधीशद्धय टेकप्रसाद गुरुङ र हेमन्त रावलको इजलासले इन्सपेक्टर शिवाकोटीलाई ३ लाख धरौटीमा छाड्न बिहीबार आदेश दिएको उच्च अदालतका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले बताए ।

    उनी बिहीबार नै धरौटी बुझाएर रिहा भएका छन् । यसअघि शिवाकोटीलाई १९ असारमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।


    प्रतिक्रिया दिनुहोस