शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • कैलालीमा बाढी: ६३६ जनालाई सुरक्षित स्थानमा सारियो


    हुलाक प्रेस

    • शनिबार, भदौ २९ २०८१०७:०१
    कैलालीमा बाढी: ६३६ जनालाई सुरक्षित स्थानमा सारियो

    कैलाली । कैलालीमा बाढीको जोखिममा परेका ६३६ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

    अविरल वर्षाका कारण बिहीबारदेखि नदीमा बाढी गएपछि जोखिममा रहेका १६२ घरका ६३६ जनालाई आज सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

    कैलालीका पथरिया, कटैनी, काँडा लगायतका नदीमा गएको बाढीका कारण जानकी गाउँपालिका–४, सुकम्वासी टोल, कैलारी गाउँपालिका–७, वसन्ता, जोशीपुर गाउँपालिका–३, भितरीया, कैलारी–५, मनिकपुर, भजनी नगरपालिका–८ र ३ अन्तर्गतका स्थान डुबानमा परेको उनले बताए ।

    सूचना अधिकारी जोशीकानुसार ३४ जनालाई जानकी गाउँपालिका–४ का ९४ जनालाई जानकी गाउँपालिका–७, फरेला, ४०० जनालाई टिकापुर नगरपालिका–८, वनगाउँस्थित सुरक्षित स्थानमा सारिएको छ । यस्तै, ११ जनालाई जोशीपुर गाउँपालिका–३, भितरियास्थित जनहित सामुदायिक वनको भवन, ७७ जनालाई भजनी नगरपालिका–९, कुणी खुरखरियास्थित गुप्तेश्वर आधारभुत विद्यालयमा सारिएको पनि जोशीले जानकारी दिए ।

    आठजनालाई कैलारी गाउँपालिका–५ स्थित सुरक्षित घरमा, चारजनालाई गोदावरी नगरपालिका–११ स्थित लालमणी पनेरु, आठजनालाई सोही स्थानका राधिका ढोली र मधुरा दमाईको घरमा सारिएको छ ।

    जिल्लामा ६०० परिवारका दुई हजार ७८२ व्यक्ति बाढीबाट प्रभावित भएका छन् । अविरल वर्षापछिको बाढीबाट दुईजना घाइते भएका छन् । बाढीले ६ कच्ची घर र पाँच बिघा जमिन कटान गरी क्षति पुर्‍याएको सूचना अधिकारी जोशीको बताए । रासस


    प्रतिक्रिया दिनुहोस