शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • टरिगाउँ विमानस्थलबाट अब हप्ताको २ दिन उडान हुने


    हुलाक प्रेस

    • शनिबार, भदौ २९ २०८१०७:४१
    टरिगाउँ विमानस्थलबाट अब हप्ताको २ दिन उडान हुने

    दाङ ।  तुलसीपुर स्थित टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि हवाई उडान हुने भएको छ । 

    यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मङ्गलबार पनि उडान हुने भएको नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले जानकारी दिए । 

    उनका अनुसार अब यस विमानस्थलबाट शुक्रबार दिउँसो १२ बजे र मङ्गलबार दिउँसो २ बजे उडान भर्नेछ । दसैँ तथा तिहारलगायतका चाडपर्वलाई लक्षित गरी उडान बढाइएकोे प्रमुख सुनारले बताए ।


    प्रतिक्रिया दिनुहोस