बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • लुम्लेमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह


    हुलाक प्रेस

    • शनिबार, भदौ २९ २०८१०९:०२
    लुम्लेमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

    काठमाडौं । कास्कीको लुम्लेमा शनिबार बेलुका भारी वर्षा भएको छ । त्यहाँ थप वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    उक्त क्षेत्र भई बहने साना खोलामा आकस्मिक बाढीको जोखिम हुनसक्छ । कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै विभागले उच्च सतर्कता अपनाउन सचेत गराएको छ ।

    “भदौ २९, बेलुका ७ः१५ बजे । पछिल्लो तीन घण्टा कास्कीको लुम्लेमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बाढी र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुन सक्ने रहेकाले उच्च सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।

    img.jpg

     


    प्रतिक्रिया दिनुहोस