शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • दोलखामा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु


    हुलाक प्रेस

    • आइतबार, भदौ ३० २०८१०९:३८
    दोलखामा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु

    काठमाडौँ । दोलखामा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको गौरीशंकर गाउँपालिका– ४ झ्याकुमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । 

    वागमती प्रदेश को बा २० च ७२६६ नम्बरको बोलेरो आइतबार बेलुकी ५: ३० बजे दुर्घटना हुँदा दुर्घटना हुँदा गौरीशंकर गाउँपालिका- ३ की ७५ वर्षीय काली शेर्पा र सोही ठाउँ बस्ने ६० वर्षीय पसी शेर्पाको मृत्यु भएको हो । दुर्घटनामा ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    उनीहरुको रोल्वालिङ सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखा प्रहरी निरीक्षक सत्रुधनकुमार महतोले बताएका छन् । 

    दुर्घटनामा सोही ठाउँ बस्ने चालक ३५ वर्षीय मिङमार तामाङ, बोलेरोमा सवार ३५ वर्षीय निङमा शेर्पा, ६५ वर्षीय अनसु शेर्पा र २२ वर्षी डोम्म शेर्पा घाइते भएका छन् । घाइतेहरूलाई सिंगटी प्राथमिक अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस