काठमाडौँ । सरकारले मोहम्मद जयन्ती ९मोहम्मद दिवस० को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने भएको छ ।
गृह मन्त्रालयले आइतबार जारी सूचनामा भनिएको छ,‘मिति २०८०।१०।२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मोहम्मद जयन्ती (मोहम्मद दिवस) का दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था भएको सन्दर्भमा मुस्लिम आयोगबाट मोहम्मद जयन्ती (मोहम्मद दिवस) मिति २०८१।५।३१ गते सोमबार पर्ने भएको भनी जानकारी प्राप्त भएको हुँदा मिति २०८१।५।३१ गते नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’