शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • जुम्लामा पर्यटन प्रवर्द्धनका लागि जुगाड खोला करिडोर निर्माण गरिने


    हुलाक प्रेस

    • सोमबार, भदौ ३१ २०८१०६:२४
    जुम्लामा पर्यटन प्रवर्द्धनका लागि जुगाड खोला करिडोर निर्माण गरिने

    जुम्ला । सदरमुकाम खलङ्गा बजारको पर्यटन प्रवर्द्धन गर्न चन्दननाथ नगरपालिकाले जुगाडखोला करिडोरमा पूर्वाधार निर्माण गर्ने भएको छ । नगरपालिकाले हाल करिडोरमा पर्यटन पूर्वाधार निर्माणका लागि रेखाङ्कन सुरु गरेको नगर प्रमुख राजुसिंह कठायतले जानकारी दिए । 

    नगरपालिका– ५ स्थित खलंगा खानेपानी उपभोक्ता समितिको कार्यालयबाट रेखाङ्कन सुरु गरिएको छ । बहुवर्षिय योजना अन्तर्गत पहिलो पटक छ करोड रुपैँयाको लागतमा चालु आर्थिक वर्षमा तीन किलोमिटर करिडोर निर्माण हुने नगर प्रमुख कठायतको भनाइ छ ।

    खानेपानी कार्यालयबाट नगरपालिका– ४ को मालाभीड जाने पुलसम्म जुगाडखोला क्षेत्रको दायाँबायाँ दुई मिटर करिडोर यही आवमा निर्माण हुने भएको छ । उक्त क्षेत्रभित्र पर्ने सार्वजनिक स्थानमा निर्माण गरिएको भौतिक संरचना हटाउन नगरपालिकाले सबैलाई अनुरोध गरेको छ । बेवास्ता गरेमा सार्वजनिक जग्गामा निर्मित  घर टहरा भत्काउन बाध्य हुने नगर प्रमुख कठायतले बताए ।

    ्शहरी विकास तथा भवन निर्माण आयोजनाको सहयोगमा २० करोड लागतमा जुगाड खोला करिडोर निर्माण हुने प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए । जुगाड खोलालाई स्वच्छ र हराभरा बनाउने प्रमुख उद्देश्यले करिडोर निर्माणलाई विशेष प्राथमिकतामा राखेर नगरले काम गरेको जनाएको छ । फोहोर र दुषित हुँदै गएको जुगाड खोलालाई स्वच्छ बनाउन करिडोर निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए ।

    जुगाडखोला करिडोरमा ‘स्टेट लाईट’, ‘सिसि क्यामेरा’ र बिचमा आराम गर्न मिल्ने बेन्चहरु राखिने भएको छ । खोलालाई सरसफाई गर्न र ‘मर्निङवाक’ गर्न मिल्ने गरी पूर्वाधार निर्माण गरिने नगर उपप्रमुख रामदेवी खड्काले बताए । 
    रासस


  • सम्बन्धित विषय:

  • # #jumla
  • प्रतिक्रिया दिनुहोस