शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन


    हुलाक प्रेस

    • सोमबार, भदौ ३१ २०८१०३:२६
    नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ । आइतबार राती करिब ७ः२० बजे ईच्छाकामना गाउँपालिका(६ नौ किलोमा सडक चिरापरी छेउमा लगाएको जालीको भाग भाँसिएको थियो । 

    सडकको करिब पाँच मिटर भाग चिरा परेर एक फिट तल सरेको थियो । रातीदेखि एकतर्फी सञ्चालन हुँदै आएकामा मर्मतपछि आज बिहान १०ः४० बजेपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नावब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।  
    रासस


    प्रतिक्रिया दिनुहोस