काठमाडौं । न्युयोर्कको मेलभिलमा रहेको एक हिन्दु मन्दिरमा तोडफोड भएको छ । मेलभिलस्थित स्वामीनारायण मन्दिरमा तोडफोडको घटना सोमबार भएको हो ।
न्युयोर्कस्थित भारतीय महावाणिज्य दूतावासले घटनाको कडा विरोध गरेको छ र यसमा संलग्नलाई कडा कारबाही गर्न माग गरेको छ ।
भारतीय वाणिज्य दूतावासले आफ्नो ट्वीटमा लेखेको छ- न्युयोर्कको मेलभिलमा अवस्थित बीएपीएस स्वामीनारायण मन्दिरमा तोडफोड अस्वीकार्य छ ।
दूतावासले अगाडि लेखेको छ- न्युयोर्कस्थित भारतीय वाणिज्य दूतावास समुदाय (स्वामिनारायण समुदाय) सँग सम्पर्कमा छ । यस घटनामा संलग्नहरूलाई कडा कारबाही गर्न अमेरिकी कानुन एजेन्सीहरूसँग यो विषय उठाइएको छ ।