बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • यूपीमा पटका गोदाममा विस्फोट, चार जनाको मृत्यु


    हुलाक प्रेस

    • मंगलबार, असोज १ २०८११२:५९
    यूपीमा पटका गोदाममा विस्फोट, चार जनाको मृत्यु

    नयाँ दिल्ली । उत्तर प्रदेशको फिरोजाबादमा सोमबार राति पटाकाको गोदाममा विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । 

    यो घटना फिरोजाबादको नौशेरा क्षेत्रमा भएको भन्दै बीबीसी हिन्दीले समाचार छापेको छ । पटाका गोदाम एउटा घरमा थियो । घटनास्थलमा अहिले पनि राहत र उद्धार कार्य जारी छ । 

    ‘सोमबार राति करिब ११ बजे विस्फोट भएको थियो । अहिलेसम्म ६ जनाको उद्धार गरिएको छ,’ फिरोजाबादका अतिरिक्त एसपी अखिलेश भदौरियाले बीबीसी हिन्दीलाई घटनाको जानकारी दिँदै भने । 

    हालसम्म उक्त दुर्घटनामा तीन वर्षीय बालकसहित चार जनाको मृत्यु भएको बताइएको छ । उद्धारका लागि एसडीआरएफ एकाइ तैनाथ गरिएको छ ।


    प्रतिक्रिया दिनुहोस