बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • चार अंकले घट्यो नेप्से, पाँच अर्ब ६६ करोडको कारोबार


    हुलाक प्रेस

    • बुधबार, असोज २ २०८१०४:४०
    चार अंकले घट्यो नेप्से, पाँच अर्ब ६६ करोडको कारोबार

    काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार चार अंकले घटेको छ । नेप्से ०.१५ प्रतिशतले घटेर २५७६.७६ को विन्दुमा पुगेको छ ।

    आज एक करोड ३९ लाख ५२ हजार १२१ कित्ता सेयर पाँच अर्ब ६६ करोड ९१ लाख रुपैयाँमा कारोबार भएको छ ।

    कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ८.०८ प्रतिशतले बढेको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ७.६७ प्रतिशतले घटेको छ ।

    कारोबारमा रहेका १३ उपसमूहमध्ये निर्जिवन बिमा र बैंकिङ क्षेत्रको समूहगत परिसूचक मात्रै बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

     


    प्रतिक्रिया दिनुहोस