शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • हल्कादेखि मध्यम वर्षाको सम्भावना


    हुलाक प्रेस

    • बिहीबार , असोज ३ २०८१०६:४८
    हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौं । देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ ।  

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । 

    कोसी र वाग्मती प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    विभागले राति कोसी र वाग्मती प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । 

    कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    मनसुनको न्यूनचापीय रेखाको पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस