शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • दरबारमार्गको कन्सर्टमा कुटिए बालेनका समर्थक


    हुलाक प्रेस

    • बिहीबार , असोज ३ २०८१०६:०५
    दरबारमार्गको कन्सर्टमा कुटिए बालेनका समर्थक

    काठमाडौं । दरबारमार्गमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहका समर्थक कुटिएका छन् । बालेनको पक्षमा नारा लगाएका केही युवाहरूलाई अर्को समूहले कुटपिट गरेको हो ।

    ‘नेशनल डे कन्सर्ट’मा सहभागी एक सानो समुहले ‘बालेन ! बालेन !’ भनेर नारा लगाउन थालेपछी कुटपिट भएको हो । कुटपिट गर्ने र कुटिने व्यक्तिहरूको पहिचान खुलेको छैन ।

    संविधान दिवसको अवसरमा नागरिकस्तरबाट भएको भनिएको कन्सर्टमा ठुलो सङ्ख्यामा युवाहरू राष्ट्रिय झण्डासहित भेला भएका छन् ।


    प्रतिक्रिया दिनुहोस