शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रूपैयाँ छुट


    हुलाक प्रेस

    • शुक्रबार, असोज ४ २०८१०६:५९
    हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रूपैयाँ छुट

    सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । 

    हिन्दुहरूको महान् चाडपर्व दसैँ, तिहारलाई लक्षित गरी सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका निमित्त प्रमुख नवीनप्रसाद आचार्यले बताए ।  
     
    कार्यालयले यहाँका नागरिकलाई २५ केजीका छ किसिमका चामल बिक्री गर्दै आएको छ । तोरी तेल र सूर्यमुखी तेलमा पनि प्रतिलिटर रु सात छुटमा बिक्री हुने भएको निमित्त प्रमुख आचार्यले बताए ।  

    अरुवा मोटा चामलको रु एक हजार ५२५, अरुवा सोना मन्सुली रु एक हजार ७२५, स्टिम जिरामसिनो रु दुई हजार २५० मा बिक्री गरिने भएको व्यापार कम्पनीले जनाएको छ । 

    यसअघि अरुवा मोटा चामलको रु एक हजार ६५०, अरुवा सोना मन्सुली एक हजार ८५०, स्टिम जीरा दुई हजार ३७५ मा विक्री हुँदै आएको थियो । 

    पच्चीस केजी बोराका विभिन्न चामलको प्रतिबोराबाट रु १२५ छुटमा बिक्री हुन लागेको हो । यस्तै सूर्यमुखी तेल प्रतिपेटीको रु दुई हजार २३० र तोरी तेलको प्रतिपेटी रु दुई हजार ३० मा विक्री हुन लागेको हो । 

    सहुलियत मूल्यमा खाद्यान्न बिक्री असोज ६ देखि असोज १५ गतेसम्म बिक्री गरिने जनाइएको छ । गत वर्ष पनि उक्त कार्यालयले छुटमा खाद्यान्न बिक्री गरेको थियो । रासस

     


    प्रतिक्रिया दिनुहोस