शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • दसैको टिकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा


    हुलाक प्रेस

    • शुक्रबार, असोज ४ २०८१०९:५८
    दसैको टिकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

    काठमाडौं । यस वर्षको दसैँको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यसदिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ ।

    समितिका अनुसार असोज १७ गते बिहीबार घटस्थापना दिन बिहान ९ बजेर १६ मिनेटमा जमरा राखिने साइत छ । असोज २४ गते बिहान ७ः११ बजे फुलपाती भित्र्याउने साइत रहेको छ ।

    यस वर्ष महाष्टमी र महानवमी एकै दिन असोज २५ गते परेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

    सरकारी कार्यालयमा झण्डा फेर्न असोज असोज १८ गते ९ः५४ मिनेटको साइत छ ।

    panchayang.jpg


    प्रतिक्रिया दिनुहोस