शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको अध्यक्षमा शर्मा निर्वाचित


    हुलाक प्रेस

    • शुक्रबार, असोज ४ २०८११०:०७
    ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको अध्यक्षमा शर्मा निर्वाचित

    काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालको अध्यक्षमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट मदनकृष्ण शर्मा निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न २९औँ वार्षिक साधारणसभाले  शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

    सभाले कार्यसमिति सदस्यमा सुनिता गुरुङ,लीलाप्रसाद सापकोटा, सुरेन्द्रवीर मालाकार, सरोजप्रसाद पाण्डे, महेन्द्र नारायण श्रेष्ठ, राजेशकुमार जोशी, सीता भट्टलाई निर्विरोध निर्वाचित गरेको छ ।

    नवनिर्वाचित अध्यक्ष लामो समयसम्म लेखापरीक्षण पेसामा संग्लग्न रहँदै आएका छन् । उनी संस्थाको महासचिव र कार्यसमितिको सदस्यका रूपमा विगत चार वर्ष क्रियाशील रहेका थिए ।

    ९ सदस्यीय कार्यसमितिका उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको मनोनयन अध्यक्षद्वारा गरिने व्यवस्था संस्थाको विधानमा रहेको छ ।

    सभाले संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदन पनि पारित गरेको छ ।     


    प्रतिक्रिया दिनुहोस