आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • आजको मौसमः सुदुरपश्चिममा मध्यम वर्षाको सम्भावना, अरु प्रदेशमा कस्तो रहला मौसम ?


    हुलाक प्रेस

    • आइतबार, असोज ६ २०८१०७:४३
    आजको मौसमः सुदुरपश्चिममा मध्यम वर्षाको सम्भावना, अरु प्रदेशमा कस्तो रहला मौसम ?

    काठमाडौं । मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित छ । देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    हाल देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।   

    विभागका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस