आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • आजको मौसमः बागमतीसहित तीन वटा प्रदेशमा वर्षाको सम्भावना


    हुलाक प्रेस

    • सोमबार, असोज ७ २०८१०९:३७
    आजको मौसमः बागमतीसहित तीन वटा प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि मौसम बदली छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदली छ ।  

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

    पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  

    विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस र वागमती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, मधेस र वागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

    मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । देशभर मनसुनी वायुको प्रभाव रहेको विभागले बताएको छ । 


    प्रतिक्रिया दिनुहोस