बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • धनगढीमा आगलागी हुँदा अस्पतालसहित आधा दर्जन पसलमा क्षति


    हुलाक प्रेस

    • शनिबार, मंसिर २ २०८०१२:३५
    धनगढीमा आगलागी हुँदा अस्पतालसहित आधा दर्जन पसलमा क्षति

    काठमाडौं । धनगढीमा आगलागी हुँदा ठूलो परिमाणमा क्षति भएको छ । एक अस्पतालसहित आधादर्जनभन्दा बढी पसलमा आगलागी हुँदा ठूलो परिमाणमा धनमाल क्षति भएको हो । 

    गएराति १ बजे धनगढी उपमहानगरपालिका–१ मा रहेको भण्डारी जनरल स्टोरमा विद्युत् सर्ट भएर सुरु भएको आगलागी सारथी अस्पताल, सपिङ सेन्टर, मधुमाला देवी सप, सुभिक्षादेवी सपिङ सेन्टर, न्यु सदीक्षा इन्टरप्राइजेज र भण्डारी सु–सेन्टर ट्रेडर्स एण्ड सप्लायर्समा फैलिएको प्रहरीले जनाएको छ । 

    आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीसँगै चारवटा दमकल परिचालन गरिएको थियो । 


    प्रतिक्रिया दिनुहोस