शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • नेपालको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा : एडीबी


    हुलाक प्रेस

    • बुधबार, असोज ९ २०८१०५:१४
    नेपालको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा : एडीबी

    काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले नेपालको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको उल्लेख गरेको छ । बुधबार एशियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबी ले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने अनुमान गरेको छ ।

    यसअघि उसले नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको  थियो । यस बीचमा कृषि उत्पादन, पर्यटक आगमनमा सुधार र विद्युत उत्पादनमा भएको वृद्धिसहितका कारणले जीडीपीमा सकारात्मक वृद्धि हुने अनुमान उसको छ ।

    एडीबीले सन् २०२५ मा अर्थतन्त्रमा अझै सुधार हुने अनुमान गरेको छ । सो वर्ष ४.९ प्रतिशतको वृद्धिदर प्राप्त हुने अनुमान उसको छ । अप्रिलको प्रक्षेपणमा भने ४.८ प्रतिशतको वृद्धिदर प्राप्त हुने अनुमान थियो । 


    प्रतिक्रिया दिनुहोस