शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • बाजुरामा चट्याङ लागेर एक बृद्धको मृत्यु


    हुलाक प्रेस

    • बुधबार, असोज ९ २०८१०५:२२
    बाजुरामा चट्याङ लागेर एक बृद्धको मृत्यु

    बाजुरा । चट्याङ लागेर बाजुरामा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगङ्गा नगरपालिका–४ बागेगाउँका ६० वर्षीय खम्म कटुवाल रहेका छन् ।  

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जनक बोहराका अनुसार चट्याङ लागेर कटुवालको घटनास्थलमै मृत्यु भएको हो ।

    चट्याङ लागेर गौमुल गाउँपालिका–४ की ४० वर्षीया साउनी रोकाया घाइते भएकी छिन् । उनको जिल्ला  अस्पतालमा उपचार भइरहेको छ । चट्याङ लागेर रोकायाका चार बाख्रासमेत मरेका प्रहरीले जनाएको छ ।  


    प्रतिक्रिया दिनुहोस