शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • सौर्य एयरलाइन्स दुर्घटनाका परिवारले भने– दुर्घटनाको दोषी एयरलाइन्सको व्यवस्थापन पक्ष हो


    हुलाक प्रेस

    • बुधबार, असोज ९ २०८१०९:२१
    सौर्य एयरलाइन्स दुर्घटनाका परिवारले भने– दुर्घटनाको दोषी एयरलाइन्सको व्यवस्थापन पक्ष हो

    काठमाडौँ । सौर्य एयरलाइन्स दुर्घटनाका परिवारले विमान दुर्घटनाको दोषी एयरलाइन्सको व्यवस्थापन पक्ष भएको बताएका छन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै दुर्घटनाका परिवारले मर्मत गर्न लगिएको जहाजमा नियम विपरीत मान्छे बोकेर मृत्युको मुखमा पुर्‍याएको बताएका हुन् ।

    ३४ दिनदेखि ग्राउण्डेड २१ वर्ष पुरानो जहाज मर्मत नगरी कसरी उडान भर्न योग्य भयो भन्दै उनीहरुले प्रश्न समेत गरेका छन् । दुर्घटनाका परिवारले प्रकाश खतिवडाले डुब्नै लागेको जहाज कम्पनीको व्यवस्थापन पक्ष दुर्घटनाको मौका छोपी लासको व्यापार गर्न खोजिरहेको आरोप लगाएका छन् । 

    यस्तै उनले एयरलाइन्स व्यवस्थापन पक्ष दुर्घटना अनुसन्धान आयोगलाई समेत आर्थिक प्रलोभनमा पारेर आफू अनुकूलको प्रतिवेदन तयार पार्ने भूमिकामा लागेको आरोप लगाएका छन् । 

    खतिवडाले दुर्घटनामा जीवन गुमाएका आफ्ना सन्ततिको सम्झनालाई चिरस्थायी बनाउन र उनीहरूको नाममा सामाजिक कार्य गर्ने उद्देश्यले मनुराज, अधिराज, प्रिजा स्मृति समाज बनाएको बताएका छन् । 


    प्रतिक्रिया दिनुहोस