आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • त्रिभुवन विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन नउडाउन निर्देशन


    हुलाक प्रेस

    • बिहीबार , असोज १० २०८१०८:४८
    त्रिभुवन विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन नउडाउन निर्देशन

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य निषेध गरिएको छ । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न आग्रह गरेको हो । 

    सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे बा गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने ब्यहोरा समेत सूचनामा उल्लेख छ । 


    प्रतिक्रिया दिनुहोस