आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • भोलि र पर्सि रात्रीबस नचलाउन आग्रह


    हुलाक प्रेस

    • बिहीबार , असोज १० २०८१०६:४८
    भोलि र पर्सि रात्रीबस नचलाउन आग्रह

    काठमाडौं । राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रीकालीन बस नचलाउन आग्रह गरेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ । त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा भोलि र पर्सि (११ र १२ गते) रात्रिकालीन बन चलाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले गरेको छ ।

    साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह गरेको छ ।

    Bipad release.jpg


    प्रतिक्रिया दिनुहोस