आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • लगातार वर्षाले हवाई यातायात प्रभावित, बुद्ध एअर भन्छ- बिहानैदेखि उडान गर्न सकिएन


    हुलाक प्रेस

    • शुक्रबार, असोज ११ २०८१०९:५५
    लगातार वर्षाले हवाई यातायात प्रभावित, बुद्ध एअर भन्छ- बिहानैदेखि उडान गर्न सकिएन

    काठमाडौं । खराब मौसम तथा कम भिजिबिलिटीका कारण आजका हवाई उडान प्रभावित भएका छन् । लगातार वर्षाले गर्दा विभिन्न गन्तव्यका हवाई उडान बन्द भएका हुन् । 

    पश्चिममा धनगढी, नेपालगन्ज तथा भैरहवा तथा पूर्वमा सिमरा र जनकपुरका उडान भने भइरहेका छन् । पोखरा, सुर्खेत, भरतपुरलगायतका गन्तव्यमा उडान हुन सकेको छैन ।

    सबैभन्दा बढी उडान गर्ने बुद्ध एअरले बिहानैबाट उडान गर्न नसकेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए । 


    प्रतिक्रिया दिनुहोस