बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य लगातार ६ दिनदेखि नयाँ रेकर्ड राख्दै, तोलाको १ लाख ६१ हजार नाघ्यो


    हुलाक प्रेस

    • शुक्रबार, असोज ११ २०८१११:३२
    सुनको मूल्य लगातार ६ दिनदेखि नयाँ रेकर्ड राख्दै, तोलाको १ लाख ६१ हजार नाघ्यो

    काठमाडौं । घरेलु बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको छ ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

    यससँगै विगत ६ दिनदेखि सुनको मूल्यले दिनकै नयाँ कायम राखेको छ । गत असोज ६ गते १ लाख ५८ हजार ८ सय रुपैयाँ पुग्दै नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य त्यसपछि दैनिक नयाँ उचाईमा पुगिरहेको छ ।    

    यसअघि असोज १० गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँ कायम भएको थियो ।  

    आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भईरहेको छ ।


    प्रतिक्रिया दिनुहोस