बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सर्वोच्च अदालतको न्यायाधीशमा दुई जनाको नाम सिफारिस


    हुलाक प्रेस

    • शुक्रबार, असोज ११ २०८१०२:५९
    सर्वोच्च अदालतको न्यायाधीशमा दुई जनाको नाम सिफारिस

    काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।

    उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत, तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई शुक्रबार सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

    संसदीय सुनुवाइपछि उनीहरूलाई राष्ट्रपतिले नियुक्त गर्नेछन् । सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्नुपर्ने भए पनि नाममा सहमति नजुट्दा २ जनाको मात्र सिफारिस भएको हो । 

    निरौला सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार छँदा उच्च अदालतको मुख्य रजिस्ट्रार नियुक्त भएका थिए । तर पछिल्लो समय उनीभन्दा वरीयतामा पछाडि भएकाहरूलाई सर्वोच्चको न्यायाधीश बनाएर उनलाई छाडिएको थियो ।

     


    प्रतिक्रिया दिनुहोस