आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • पृथ्वी राजमार्गको धादिङ महादेववेशी नजिकै खस्यो पहिरो, सवारी आवागमन बन्द


    हुलाक प्रेस

    • शुक्रबार, असोज ११ २०८१०६:२८
    पृथ्वी राजमार्गको धादिङ महादेववेशी नजिकै खस्यो पहिरो, सवारी आवागमन बन्द

    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेववेशी नजिकै ९ किलो र ४ किलोमा पनि पहिरो खसेर सवारी आवागमन बन्द भएको छ ।

    गएरातिदेखिको निरन्तरको वर्षाका कारण यसअघि धुनिबेँसीको सिस्नेखोलामा पहिरोसँगै आएको लेदोका कारण नौबिसे नागढुंगा खण्ड अवरुद्ध बनेको थियो ।

    ठाउँ-ठाउँमा पहिरो खसेपछि संघीय राजधानी काठमाडौँ भित्रिने र राजधानीबाट बाहिरिने सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् । प्रहरीका अनुसार अहिले पहिरो पन्छाउन प्रयास भइरहेको छ ।

    निरन्तर वर्षा भइरहेको र पहिरो खस्नेक्रम बढ्दो रहेको भन्दै सडक खुलाउन समय लाग्न सक्ने प्रहरीको भनाइ छ ।


    प्रतिक्रिया दिनुहोस