आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • ललितपुरमा पहिरोका कारण ३ जनाको मृत्यु


    हुलाक प्रेस

    • शनिबार, असोज १२ २०८१०८:१०
    ललितपुरमा पहिरोका कारण ३ जनाको मृत्यु

    काठमाडौँ । ललितपुरमा पहिरोका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । चुनिखेलमा पहिरोले घर बगाउँदा ४८ वर्षीया महिलाको मृत्यु भएको ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए । 

    यसैगरी  पहिरोमै परेर चापागाउँको टाखेलमा ५४ वर्षीया महिला र छम्पीमा एक जना महिलाको मृत्यु भएको छ । छम्पीमा पहिरो खस्दा घरमा बसिरहेका आमा छोरा मध्ये छोराले भने भागेर ज्यान बचाएको प्रहरीले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस