आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौं उपत्यकामा बाढी पहिरोमा परी मृत्यु भएका २७ जनाको सनाखत


    हुलाक प्रेस

    • शनिबार, असोज १२ २०८११०:०४
    काठमाडौं उपत्यकामा बाढी पहिरोमा परी मृत्यु भएका २७ जनाको सनाखत

    काठमाडौं । काठमाडौं उपत्यकामा बाढी पहिरोलगायतका विपदजन्य घटनामा परी शनिबार ३४ जनाको मृत्यु भएको छ।

    मृत्यु भएका ३४ जनामध्ये २७ जनाको सनाखत भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ। काठमाडौंमा मृत्यु हुनेहरूमा दक्षिणकाली नगरपालिका-८ का ४३ वर्षीय भविन्द्र लिम्बु, ४० वर्षीय कुमार तामाङ, २३ वर्षीय मनु तामाङ, दक्षिणकाली नगरपालिका-९ टुल्कुका ३७ वर्षीय प्रेम बलामी, ३४ वर्षीय कान्छा बलामी, दक्षिणकाली नगरपालिका-७ कि ५० वर्षीया देवी लिम्बू छन्।

    घर पहिरोमा पर्दा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै सप्तरी घर भई काठमाडौंको इचंगुनारायण बस्ने ४०/४५ वर्षका सचिन साह, चन्द्रागिरि नगरपालिका-२ मसिनेमा ३८ वर्षीय गर्व तामाङ र ३६ वर्षीया सबिना तामाङको मृत्यु भएको छ।

    त्यस्तै अर्घाखाँची घर भई काठमाडौं बस्दै आएका २४ वर्षीय अजय पाण्डे र नाम थर नखुलेका एक पुरूष रहेका छन्।

    भक्तपुरमा पहिरोमा परी मृत्यु भएकाहरूः

    १.जिल्ला कालीकोट सानी त्रिबेणी नगरपालिका-५ घर भई हाल सुर्यमोड बस्ने बर्ष २४ की बमिला शाही । उनी ९ महिनाको गर्भवती थिइन्।

    २.ऐ.ऐ.बस्ने निजकी बहिनी  बर्ष १४ की मनिशा शाही ।

    ३.ऐ.ऐ.बस्ने निजको छोरी बर्ष ४ की श्रीया बम ।

    ४.जिल्ला भक्तपुर सुर्यबिनायक न.पा.८ आशापुरी नैचाल बस्ने कान्छा तामाङकी श्रीमती बर्ष ५० की मसली तामाङ ।

    ५.निज मृतकको बहिनी ऐ.बस्ने बर्ष ३७ की मनु तामाङ ।

    ललितपुर जिल्लामा मृत्यु भएकाहरुः

    १.ललितपुर गोदावरी नगरपालिका-.१० टाखेल स्थित अबिरल बर्षात को कारण मोहन सिहको घरको टहरोमा पहिरो जाँदा निजको श्रीमती वर्ष ५८ को सानु चालिसे।

    २.ललितपुर गोदावरी नगरपालिका-९ चुनिखेल स्थित जिल्ला पाँचथर घर भइ हाल ऐ.ऐ.बस्ने वर्ष ४८ की सुशिला लिम्बु  आगन ।

    ३.ललितपुर महाङकाल गा.पा.३ माथिल्लो गोटिखेल स्थित घर माथिबाट पहिरो आई ऐ.ऐ. बस्ने  राजकुमार सिङतानको घर पुरिन जादा निजको छोरा  वर्ष २ को संयम सिङतान ।

    ४.ललितपुर गोदावरी नगरपालिका-९ छम्पी स्थित भैसेपाटी  टिकाभैरव सडक खण्डमा माथिबाट पहिरो आई बाटो अवरोध हुनुका साथै सोही स्थानमा जिल्ला सिन्धुली घर भई हाल ऐ.ऐ. टहरोमा बस्ने वर्ष ४२ की सुनिता तामाङ ।

    ५. जिल्ला ललितपुर गो.न.पा.३ स्थित रातभरी परेको वर्षातको कारण ऐ.ऐ.बस्ने वर्ष ३५को पवन नगरकोटीको टहरोमाथिबाट पहिरो आइ पुरिदा पवन नगरकोटी मृत्यु भएको ।

     ६.  ऐ.ऐ को छोरी वर्ष १० की मेन्सिला नगरकोटीको मृत्यु भएको।

    ७ .ललितपुर महानगरपालिका २५ तालिमकेन्द्र स्थित ऐ. स्थान बस्ने वर्ष ६६ की ताराराज कनिका ।

    ८.ललितपुर महालक्ष्मी नगरपालिका-९ सिस्नेरी ठकुरीगाउँ स्थित ऐ. स्थान घर भइ बस्ने वर्ष ३५ की रिना महिम कर्मी श्रेष्ठ।

    ९.ललितपुर महालक्ष्मी नगरपालिका-९ सिस्नेरी खोलाले स्थित ऐ. स्थान घर भइ बस्ने वर्ष ४४ रविन भुजेल ।

    १०.ललितपुर महानगरपालिका १४ कार्नतिपुर कलौनी  स्थित जिल्ला रौतहट घर भई बस्ने वर्ष २७ को नन्दु साह।

    ११ .ललितपुर महालक्ष्मी नगरपालिका ०८ शंखादेवी नेपाल चोक स्थित ऐ.स्थान बस्ने वर्ष ६१ की राधीका थापा  

    मृत्यु भएका थप सात जनाको सनाखत हुन बाँकी रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।


    प्रतिक्रिया दिनुहोस