काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्डमा आएको पहिरोमा ज्यान गुमाएका १४ जना एकै गाडीका यात्रु भएको खुलेको छ ।
इलाका प्रहरी कार्यालय धादिङ र नागढुंगा प्रहरी प्रभागको टोलीले बुटवलबाट काठमाडौं आउँदै गरेको माइक्रोबसबाट १४ जनाको शव निकालेको थियो । धादिङको झ्याप्लेखोला नजिकै माथिबाट आएको पहिरोमा माइक्रोबस पुरिएको थियो ।
माइक्रोबसबाट आठ पुरूष, पाँच महिला र एक बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ। हालसम्म चालक रमेश लुइँटेल, बुटवल १६ सेमलारकी सिर्जना कुँवर र प्रकाश कुँवरको पहिचान खुलेको प्रहरीले जनाएको छ।
लु १ ज ४५७८ नम्बरको उक्त गाडी शुक्रबार बिहान बुटवलबाट छुटेको थियो। गाडी शुक्रबारै राती पहिरोमा पुरिएको थियो।