आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • मकवानपुरमा फुटबल सिक्दै गरेका ६ जना बालक पहिरोमा पुरिए


    हुलाक प्रेस

    • शनिबार, असोज १२ २०८११०:३१
    मकवानपुरमा फुटबल सिक्दै गरेका ६ जना बालक पहिरोमा पुरिए

    काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकास्थित सिस्नेरीमा पहिरोमा पुरिएर ६ जना बालकको मृत्यु भएको छ ।

    स्थानीय बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेकामध्ये ६ जना शनिबार बिहान पहिरोले पुरिँदा बेपत्ता भएका थिए । 

    मृत्यु हुनेमा सर्लाही घर भएका १३ वर्षीय आदित्य बलम्पाकी, काठमाडौं कलंकी घर भएका ११ वर्षीय प्रियन्स आचार्य, मकवानपुर हेटौंडा घर भएका १४ वर्षीय अनुपम घलान, मकवानपुरगढी घर भएका १४ वर्षीय साइमन योञ्जन, बारा निजगढका १४ वर्षीय विकल रेग्मी र मकवानपुर सिस्नेरीका १४ वर्षीय दिवश बानियाँ रहेका छन् ।

    बत्सलादेवी माविमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत वर्षदेखि फुटबल प्रशिक्षण सुरु गरेको थियो । एन्फा र विद्यालयबीच सम्झौता भए अनुसार ४० जना बालकले फुटबल सिक्दै आएका थिए ।

    शनिबार साँझ काठमाडौंबाट गएको नेपाली सेनाको हेलिकप्टरले ६ बालकको शव, अरु ३० जना बालक, उनीहरुका प्रशिक्षक र एक शिक्षकलाई काठमाडौं ल्याएको छ ।


    प्रतिक्रिया दिनुहोस