आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • झ्याप्लेखोलामा पुरिएको अवस्थामा बस फेला, गोरखाबाट आएको हुन सक्ने आशंका


    हुलाक प्रेस

    • आइतबार, असोज १३ २०८१०९:४७
    झ्याप्लेखोलामा पुरिएको अवस्थामा बस फेला, गोरखाबाट आएको हुन सक्ने आशंका

    काठमाडौं । काठमाडौंको नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोमा थप एउटा बस पुरिएको अवस्थामा फेला परेको छ । नागढुंगाका डीएसपी सूर्य सुवेदीका अनुसार एउटा बस पुरिएको अवस्थामा फेला परेको हुँदा निकाल्ने प्रयास जारी छ ।

    शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस सम्पर्कविहीन भएको दरौदी यातायात प्रालिले जनाएको छ । समितिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजे काठमाडौं नजिक खानीखोलासम्म सम्पर्क भएको र त्यसपछि सम्पर्कबाहिर रहेको छ ।

    उक्त बस नै झ्याप्लेखोलामा गएको पहिरोमा परेको हुन सक्ने आशंका गरिएको छ । डीएसपी सुवेदीका अनुसार उक्त बस भएको आशंका गरिए पनि पुष्टि हुन सकेको छैन । बसमा कति यात्रु थिए भन्ने एकिन भएको छैन । 


    प्रतिक्रिया दिनुहोस